दफा १३
आयोगको काम, कर्तव्य र अधिकार आयोगको काम, कर्तव्य र अधिकार
(१) आयोगको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटनाको छानविन,
सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य जनसमक्ष
ल्याउने,
(ख) पीडित तथा पीडकको यकीन गर्ने,
(ग) पीडक र पीडित बीच मेलमिलाप गराउन पहल गर्ने तथा मेलमिलाप गराउने,
(घ) पीडित वा निजको परिवारका सदस्यलाई उपलब्ध गराउनु पर्नेपरिपूरणको सम्बन्धमा सिफारिस गर्ने,
(ङ) मेलमिलाप नभएका तथा क्षमादानमा नपरेका पीडकलाई कारबाहीको लागि सिफारिस गर्ने,
(च) पीडितलाई तोकिए बमोजिमको परिचयपत्र तथा छानविन पछिको जानकारी उपलब्ध गराउने,
(छ) यस ऐनमा उल्लिखित अन्य काम गर्ने, गराउने ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सशस्त्र द्वन्द्वको क्रममा भएका घटनासँग सम्बन्धित विषयमा विभिन्न अदालत तथा निकायमा विचाराधीन मुद्दाहरु सम्बन्धित अदालत तथा निकायस“गको परामर्शमा आयोगले छानविन गर्नेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र द्वन्द्वको क्रममा भएका घटनासँग सम्बन्धित विषयमा विभिन्न निकायमा विचाराधीन उजूरीहरु आयोगले छानविन गर्नेछ ।
(४) कुनै घटना शसस्त्र द्वन्द्वको क्रममा भएको हो वा होइन भन्ने विवाद भएमा त्यसको निर्णय आयोगले गर्नेछ ।
(५) यस ऐन बमोजिम बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी अन्य घटनाका सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गर्नेछ ।
(६) आयोगले मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटनाको छानविन देहायको आधारमा गर्न सक्नेछ ः–
(क) पीडित वा निजको तर्फबाट कसैले आयोग समक्ष उजूरी दिएमा,
(ख) आयोगलाई कुनै स्रोतबाट जानकारी प्राप्त भएमा,
(ग) आयोगले छानविन गर्न उपयुक्त सम्झेमा ।
(७) आयोगमा उजूरी दिने कार्यमा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई सहजता प्रदान गर्न आयोगले तोकिए बमोजिम छुट्टै व्यवस्था गर्न सक्नेछ ।
(८) आयोग समक्ष उजूरी दिने कार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।